१२ असार २०८३, शुक्रबार

ह्यूण्डाईले नेपालमा ल्यायो नयाँ आयोेनिक इलेक्ट्रिक २०२०

फागुन १४, २०७६
ह्यूण्डाईले नेपालमा ल्यायो नयाँ आयोेनिक इलेक्ट्रिक २०२०

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ह्यूण्डाईको नेपालका लागि आधिकारिक बिक्रेताले आफ्नो नयाँ इलेक्ट्रिक कार आयोेनिक २०२० लन्च गरेको छ ।

ह्यूण्डाई आयोेनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ ।

यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ ।

आयोेनिकमा ३८.३ किलोमिटर प्रतिघण्टा इलेक्ट्रिक मोटरको साथ १०० केडब्यूको ब्याट्री पावर छ र यसको अधिकतम स्पीड १६५ केपीएच छ, जसले यसलाई विना झन्झट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ रेन्ज ३११ किलोमिटर छ । यो पूर्ण इलेक्ट्रिक मोबिलिटीले पार्टहरू हल्लिन कम गर्ने भएकाले गाडी कुनै आवाज बीना आरामले गुड्ने जनाइएको छ ।

‘नयाँ आयोेनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फूल पावर प्रदान गर्छ । आयोेनिक २०२० को साथ ग्राहकले अब इलेक्ट्रिक गाडी किन्दा लुक्समा सम्झौता गर्नुपर्दैन किनकि यसमा एलईडी डीआरएल र हेडल्याम्पस, स्मार्ट इलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरू छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरू, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि । यसैगरी गाडीहरू ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताले भरिपूर्ण छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारीसाधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आयोेनिक २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ‘ह्यूण्डाई ग्राहकबारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं । ग्राहकहरूलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न ह्यूण्डाई भविष्यको पूर्णरुपले तयार छ,’ विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्