११ असार २०८३, बिहीबार

अमेरिकाले इराकमा बेकारमा युद्ध गरेको थियो, सीआईए एजेन्टले गरे खुलासा

कात्तिक २०, २०७४
अमेरिकाले इराकमा बेकारमा युद्ध गरेको थियो, सीआईए एजेन्टले गरे खुलासा
काठमाडौं, ६ पुस — अमेरिकाले इराकमा गरेको युद्ध पूरै विफल भएको कुरामा दुईमत छैन । इराकी तानाशाह सद्दाम हुसेनले आमविनाशकारी हतियार राखेको बहानामा अमेरिकाले चलाएको युद्ध आधारहीन थियो । यही युद्धका कारण आईएस जस्तो खतरनाक समूहको पनि जन्म भयो ।


अमेरिकी जासुुसी संस्था सीआईएका पूर्वएजेन्ट जोन निक्सनले आफ्नो नयाँ पुस्तक ‘डिब्रिफिङ द प्रेसिडेन्ट : दी इन्टेरोगेसन अफ सद्दाम हुसेन’ मा अमेरिकाले इराकमाथि लगाएका धेरैजसो आरोप गलत भएको खुलासा गरेका छन् । स्मरणीय छ, अमेरिकी सैनिकहरूले सन् २००३ मा सद्दामलाई एउटा बंकरबाट गिरफ्तार गरेका थिए ।

निक्सन लेख्छन् : ‘सद्दाम हुसेन असल मान्छे हो भन्ने म मान्दिनँ । उसले इराकमा तानाशाही आतंक चलाएको थियो । तर उमेर बढ्दै जाँदा ऊ शिथिल भइरहेको थियो र पछि गएर उसले इराकको हित गर्ला भन्ने आँकलन थियो । तर अमेरिकाले नयाँ इराक बनाउने निहुँमा खरबौं रुपैयाँ नाश ग-यो अनि अनाहकमा धेरै अमेरिकी सैनिकको ज्यान गयो । सद्दामको शासनको तुलनामा यो झन् खराब स्थिति हो ।’

निक्सन नै सद्दामलाई बंकरबाट थुतेर गिरफ्तार गरेका थिए । सद्दामले आफ्नो जस्तै अनुहार भएका मान्छेको जालो नै फैलाएकाले कुन चाहिँ सक्कली हो भन्ने छान्न गाह्रो भयो ।

निक्सनले सद्दामको शरीरमा पाइएका निशानको मद्दतले उनी नै असली सद्दाम हुन् भनी पत्ता लगाएका थिए ।
सद्दामको दायाँ हातमा आदिवासी ट्याटू थियो । यसका अलावा बायाँ खुट्टामा गोली लागेको निशान र ओठमा काटिएको चोट थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्