
रुपन्देही, ६ पुस–युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको छानविन गर्न उच्चस्तरीय जाँचबुझ टोली रुपन्देही आइपुगेको छ ।
बुटवल आएसँगै छानविन समितिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा अधिकारसँग घटनावारे छलफल गरेको छ ।
टोलीले घटना बारे बुटवल प्रहरीले गरेको अनुसन्धान, घटनास्थलको अवलोकन, तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको छ ।
सरकारले हिजो तिवारी हत्या बारे अनुसन्धान गर्न नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले घटनाको अनुसन्धान गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने छ । तिवारीको आजै अन्त्यष्टि गरिदैँ छ ।