
नेसनल प्याब्सन नेपाल सुर्खेतको पाँचौं जिल्ला अधिवेशनमा लोकान्तरकर्मी शेरबहादुर थापा सम्मानित भएका छन् ।
शनिवार आयोजना गरिएको एनप्याब्सनको पाँचौं अधिवेशनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले थापालाई सम्मान गरेका हुन् ।
समाजका विभिन्न क्षेत्रमा प्रशंसा गर्न लायक समाचार सम्प्रेषण गरेको बताउँदै एनप्याब्सनले पत्रकार थापासहित ५ जनालाई सम्मानित गरेको छ ।
‘कर्णालीको समृद्धिका लागि कलम चलाएको आधारमा हामीले सम्मान गरेका हौं,’ अध्यक्ष दिपेन्द्रराज खनालले भने, ‘आगामी दिनमा पनि लोकान्तरले कर्णालीका शिक्षा, स्वास्थ्य लगायतका अन्य क्षेत्रमा जनताका आवाज समेट्ने अपेक्षा गरेका छौं ।’
पत्रकार थापा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । उनी लोकान्तरका कर्णाली प्रदेश प्रतिनिधि हुन् । एनप्याब्सनले कलाकार तथा खेलाडी नन्दा बस्याल, महेन्द्रप्रसाद गिरी, कमलकुमार सिंह, किरण भट्टराई र विद्याभुषण मानन्धरलाई समेत सम्मान गरेको छ ।