०६ साउन २०८३, बुधबार

१०० वर्षीया वृद्धा किन मनाउँदैछिन् २५ औँ जन्मदिन?

फागुन १७, २०७६
१०० वर्षीया वृद्धा किन मनाउँदैछिन् २५ औँ जन्मदिन?

कसैको उमेर १ सय वर्ष भएको छ। तर, २५ औँ जन्मदिन?

सुन्दा अनौँठो लाग्न सक्छ। तर, यो साँचो हो। यसका पछाडि कारण लुकेको छ। 

ती महिलाको नाम डोरिस क्लेफी हो। उनी इङल्यान्डमा बस्छिन्।

डोरिसको उमेर १ सय वर्ष भयो। तर, उनले परिवारसँगै २५ औँ जन्मदिन मनाएकी छन्। उनका परिवारले सरप्राइज पार्टी पनि दिए।

डोरिस क्लेफी लीप ईयर अर्थात् २९ फेब्रअरीमा  जन्मिएकी थिइन्।

लीप ईयर हरेक चार वर्षमा आउँछ। यो हिसाबबाट १ सय वर्षीया डोरिस २५ औँ जन्मिदिन मनाइरहेकी हुन्।

बीबीसीलाई दिएको अन्तर्वार्तामा डोरिसल भनेकी छन्, म धेरै खुसी छ।  मैले प्रसिद्ध हुनका लागि जीवन पर्खे र आज पूरा भएको छ।’

बीबीसीका अनुसार उनका पतिको सन् १९७९मा निधन भइसकेको छ।

कमेन्ट गर्नुहोस्