२६ जेठ २०८३, मंगलबार

आगोबाट कुकुरलाई बचाउने क्रममा भारतीय मेजरको मृत्यु

फागुन १८, २०७६
आगोबाट कुकुरलाई बचाउने क्रममा भारतीय मेजरको मृत्यु

भारतको कश्मीरमा खटिएका एक सैन्य अधिकृतले आफ्नी पत्नी र दुई कुकुरलाई आगोमा डढ्नबाट बचाउने क्रममा ज्यान गुमाएका छन् । 

जम्मु–कश्मीरमा आगोका लप्काले घेरिएका कुकुरहरूलाई बचाउन मेजर अंकित बुद्धराजले ज्यान दिएका हुन् । उनीहरूको जीवन बचाउने क्रममा मेजर नराम्ररी डढेका थिए । घटनास्थलमै उनको मृत्यु भयो । 
उनको यस बहादुरी र मानवीयताको चर्चा चलिरहेको छ । 

शनिवार राति उनी बसेको घरमा आगो लागेको थियो । बारामुलाको गुलमर्गस्थित घरमा आगो लागेपछि मेजर बुद्धराजले पत्नी र एक कुकुरलाई घरबाट सुरक्षित बाहिर निकाले । अर्को कुकुरलाई बचाउन जाँदा उनी ९० प्रतिशत डढे र घटनास्थलमै बिते । 

दमकल अधिकारीहरूले स्थानीय प्रहरीको सहयोगमा आगोमा नियन्त्रण कायम गरे । मेजर बुद्धराजको शव कानूनी औपचारिकताका लागि जिल्ला अस्पताल लगिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्