११ असार २०८३, बिहीबार

शुरू भयो प्रिमनसुन

फागुन १८, २०७६
शुरू भयो प्रिमनसुन

यस वर्षको प्रि–मनसुन शुरू भएको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताए ।

'जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन शुरू भएको हो', उनले भने । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । 

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने औँल्याएको छ ।

मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरू हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ ।

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्