२४ जेठ २०८३, आइतबार

भारतमा प्रहरी अधिकारीहरूले रक्सी पिएर गरे डान्स (भिडियो)

फागुन १८, २०७६
भारतमा प्रहरी अधिकारीहरूले रक्सी पिएर गरे डान्स (भिडियो)

भारतको तेलंगानास्थित कोथूर प्रहरी कार्यालयमा ६ जना प्रहरी अधिकारीहरूले रक्सी पिएर नागिन डान्स गरेको भिडियो भाइरल भइरहेको छ । उनीहरू खुलमखुला बीयर पिउँदै नागिन डान्स गरिरहेका देखिन्छन् । 

भिडियोमा देखिने प्रहरी अधिकारीहरू त्यतिखेर ड्युटीमा थिएनन् । उनीहरू एक हवल्दारको बिहेमा सहभागी थिए । 

प्रहरी अधिकारीहरू विवाह हल नजिक निजी गाडीमा गीत बजाएर पार्टी गरिरहेका थिए । तीमध्ये दुईजना रक्सी पिउँछन् र नाच्न थाल्छन् । अरू पनि उनीहरूसँग जोडिन्छन् । 

घटना १० दिनअघिको हो तर शनिवारदेखि भाइरल बनिरहेको हो । 

केही दिनअघि शादनगरका प्रहरी निरीक्षक श्रीधर कुमारले एक कार्यक्रममा नाचगान गरेपछि भिडियो भाइरल बनेको थियो । एसीपीले यी दुवै घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिन आदेश दिएका छन् । दुवै घटनालाई वरिष्ठ अधिकारीहरूले दुराचार भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्