
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
सुर्खेत-जुम्ला सडकखण्डको दैलेखी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ त ८१७६ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हाे।
प्रहरीका अनुसार माेटरसाइकलमा चालकसहित तीन जना सवार थिए। तीमध्ये दुई जनाकाे ज्यान गएकाे छ। अर्का एक जना घाइते भएका हुन्।
दुर्घटनामा खजुराका यमबहादुर विक र खगेन्द्र विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अर्का कुलबहादुर भनिने तुलबहादुर रामझाली गम्भीर घाइते भएका छन्। उनको कालागाउँ प्रदेश अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। घाइते तीनै जनालाई उपचारको लागि अस्पताल लगिए पनि यमबहादुर र खगेन्द्रको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
ट्याक्टर चालक भेरीगंगा नगरपालिका–५ का गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
