
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरूबीच धनगढी विमानस्थलमा भेट भएको छ ।
नेकपा नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतसँग फोटो खिचेको तस्वीर भट्टराईले ट्विटरमा राखेका छन् ।
धनगढी विमानस्थलमा नेताहरूबीच भेटघाट हुँदा ठट्टा समेत चलेको भट्टराईले जनाएका छन् । भट्टराईले लेखेका छन्, ‘फोटो खिच्न लाग्दा कमरेड केपी–पिकेलाई चस्को पस्ने हो कि ? भन्ने ठट्टा पनि चल्यो !’
धनगढी विमानस्थलमा नेकपाका नेताहरू माधव कुमार नेपाल,नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतसंग जम्काभेट ! फोटो खिच्न लाग्दा कमरेड केपी-पिके लाई चस्को पस्ने हो कि? भन्ने ठट्टा पनि चल्यो ! pic.twitter.com/FyrWtJ3MRQ
— Baburam Bhattarai (@brb1954) March 2, 2020