१५ असार २०८३, सोमबार

इराकको बग्दादस्थित ग्रीन जोनमा दुई रकेट प्रहार

फागुन १९, २०७६
इराकको बग्दादस्थित ग्रीन जोनमा दुई रकेट प्रहार

इराकको राजधानी बग्दादमा रहेको ग्रीन जोनमा सोमवार एकाबिहानै दुईवटा रकेट प्रहार गरिएको छ । तीमध्ये एक रकेट अमेरिकी दूतावास नजिक खसेको छ । 

घटनामा कोही पनि हताहत नभएको खबर छ । इराकमा अक्टोबरपछि अमेरिकी अड्डाहरूमा भएको यो २०औं आक्रमण हो । 

समाचारमा आएअनुसार, रकेट उच्च सुरक्षा दिइएको क्षेत्रमा खसाइएको हो । त्यहाँ सरकारी भवन र अनेकौं देशका दूतावास छन् । 

आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर इरान समर्थित समूह हशद अल–शाबीलाई यसका लागि अमेरिकाले दोषी ठहर्‍याउने गरेको छ । 

अमेरिकाले जनवरी ३ मा बग्दाद विमानस्थलमा ड्रोन आक्रमण गरेर इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो । त्यसको प्रतिशोधस्वरूप इरानले ७ र ८ जनवरीमा बग्दाद स्थित अमेरिकी दूतावासमा आक्रमण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्