०१ असार २०८३, सोमबार

स्वास्थ्यलाभको कामनापछि मोदीलाई ओलीले दिए धन्यवाद !

फागुन १९, २०७६
स्वास्थ्यलाभको कामनापछि मोदीलाई ओलीले दिए धन्यवाद !

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलाई ट्विटमार्फत गरेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद भन्दै जवाफ दिएका छन् ।

सोमवार दिउँसो ट्विटमार्फत नै भारतका प्रधानमन्त्री मोदीलाई धन्यवाद भन्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मेरो सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद प्रिय प्रधानमन्त्री मोदीजी !’ 

ओलीले अगाडि लेखेका छन्, ‘तपाईंले व्यक्त गर्नुभएको न्यानो शब्दले हाम्रो नजिकको मित्रतालाई प्रतिबिम्बित गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्