०४ असार २०८३, बिहीबार

केएल टावरमा मोबाइल बैंकिङ मेला सम्पन्न, आगामी मेला मार्च ८ मा सिभिल मलमा हुने

फागुन १९, २०७६
केएल टावरमा मोबाइल बैंकिङ मेला सम्पन्न, आगामी मेला मार्च ८ मा सिभिल मलमा हुने

डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले आइप्लेक्स् मलमा सफलता पूर्वक मोबाइल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ ।

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाइल बैंकिङ मेला सञ्चालन गर्नेछ ।

‘मोबाइल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फत बैंक  भुक्तानी, फन्ड ट्रान्सफर, स्टेटमेन्ट जाँचजस्ता थुप्रै सेवा लिन सक्नेछन् ।

मोबाइल बैंकिङमार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टू पे सुविधामार्फत बिजुलीको महसूल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरलरूपमा लिन सकिन्छ ।

मोबाइल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । 

मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रबिन्दु बनेको छ । 

सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइल टपअप जस्ता उपहार जित्न सक्नेछन् । मेलामा सहभागीमध्येबाट एक जनाले बम्पर उपहारका रूपमा  ५० हजार रूपैयाँ जित्न सक्ने आयोजकले जनाएको छ ।

बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिने फोनपेले जनाएको छ ।

यसबाहेक यो योजनामा सहभागीहरू फोनपेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सक्नेछन् ।

कुनैपनि मोबाइल बैंकिङ प्रयोगकर्ता आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान टु पेमार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

जनवरी २ देखि शुरू भएको यो योजना जुलाइ २, २०२० सम्म चल्नेछ । 

उपहार विजेता दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास व्याक प्राप्त गर्नेछन् । 

यस्तै ५ वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । 

यसैगरी हरेक हप्ता एकजना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एकजना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् । 

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाइल मेलामा सहभागीता जनाई ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका  साप्ताहिक मोबाइल विजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाइल फोन हस्तान्तरण गरिन् ।

अर्को मोबाइल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्