३१ जेठ २०८३, आइतबार

सामसङ ग्यालेक्सी S20 र S20+ प्रि–अर्डर गर्दा यस्तो फाइदा

फागुन १९, २०७६
सामसङ ग्यालेक्सी S20 र S20+ प्रि–अर्डर गर्दा यस्तो फाइदा

नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि–अडर अफरअन्तर्गत ग्यालेक्सी S20 स्मार्टफोन प्रस्तुत गरेको छ ।

सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ ।

नेपालमा यही फागुन ३० गतेदेखि ग्यालेक्सी S20 र S20+ उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्ने उपभोक्ताले यी फोनहरू सो मितिभन्दा अगाडि पाउनेछन् ।

सामसङका दुवै फोन Galaxy S20 र Galaxy S20+  सेटहरू नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुनेछन् ।

  • Galaxy S20 : रू. १,०७,४९९ ।-
  • Galaxy S20+ : रू १,१९,४९९ ।-

Galaxy S20 सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्तरूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ ।

'सामसङ Galaxy S20 सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न झन् सजिलो बनाएको छ,' सामसङ मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापितले भने ।

यसमा पूर्णरूपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ– ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

S20 सिरिजमा सामसङका विशेष सुविधाहरू रहेका छन् । यो सिरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरू रहेका छन् :

उत्कृष्ट दृश्यावलोकनः उच्चस्तरीय फोटो खिच्नको लागि S20 सिरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।

सुपर जुमः दुबै फोनमा ३०x सम्मको जुम रहेको छ ।

Single Take : Single take ले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरूको प्रयोग गर्दछ ।

यसमा तपाईंले विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन ।

प्रो–ग्रेड–फ्लिमिङ्गः Galaxy S20 संसारको एकमात्र स्मार्ट फोन हो जसबाट 8K भिडियो रेकडिङ गर्न सकिन्छ ।

नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्ररूपमा प्रभावशाली पार्टनरसिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ ।

यसबाट 8K क्वालिटीको भिडियो खिच्न सकिन्छ र जुन सामसङको QLED 8K मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै 8K भिडियोबाट हाइ–रिजोलुसन फोटो पनि निकाल्न सकिन्छ ।

ग्यालेक्सी S20 तथा S20+  १४ फागुन, २०७६ देखि शुरु हुने अग्रिम अर्डर अवधिमा नेपालका कुनै पनि सामसङको स्टोरमा रु ५०००र( जम्मा गरेर अर्डर गर्न सकिन्छ । S20 दुईवटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा S20+ तीनवटा रंग कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमा उपलब्ध रहने छ ।

ग्यालेक्सी S20+ अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी रु. ५,९९९ ।- मा खरिद गर्न सक्नुहुने छ । साथै, ग्यालेक्सी S20 अग्रिम अर्डर गरेका ग्राहकहरूले रु. २,९९९ ।- थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसङ टिभी रु ८,९९९ ।- मा खरिद गर्न सक्नेछन् ।

साथै अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरूमा, लेट मी इनका सेवाहरूमा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने छन् ।

अग्रिम अर्डर गरेका ग्राहकहरूलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुने सामसङले जनाएको छ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरू लक्की ड्र का लागि स्वतः योग्य हुनेछन् जसमा विजेताहरूले टर्किस एयरलाइन्सको तर्फबाट दुईतर्फी बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टिभ २, केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वा हिमालयन फ्रन्ट होटेलमा दुई रात बसाइ पाउने छन् ।

साथै, लेट मी इनको तर्फबाट रु .५००० ।- बराबरको कुपन पनि पाउने सामसङ नेपालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्