![अस्पताल जानुअघि प्रधानमन्त्रीको सन्देश– जागृत हुँदै गरेका सपना छाडेर अलप हुन्नँ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/KP_Oli_VRWB2t5BBV.jpg)
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका छन् ।
३ मिनेट १९ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्री ओलीले उपचारपछि आफू थप आत्मविश्वास र ऊर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
'जसरी राम्रो खेलाडीले खेलको बीचमा मैदान छाड्दैन, त्यसैगरी म पनि हाम्रा जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र छाडेर अलप हुन्नँ,'प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन् ।
भिडियोमा प्रधानमन्त्री ओलीले आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
हेर्नुहोस्, भिडियो :