१५ असार २०८३, सोमबार

कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

फागुन २१, २०७६
कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ?

संसारका लगभग ६० देशमा देखिइसकेको कोरोनाभाइरस नेपालमा पनि फैलिन सक्ने सम्भावना रहेकाले यसमा सचेत हुन जरूरी छ । 

कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ : 

के गर्ने ?
आफ्नो व्यक्तिगत स्वच्छतामा ध्यान दिनुस् । 

साबुनले लगातार हात धुनुस् । 

हाच्छ्युँ गर्दा र खोक्दा मुख अवश्य छोप्नुस् । 

हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस् । 

हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस् । 

प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस् । 

अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् ।

मानिसहरूसँग दूरी बनाउनुस् । 

आँखा, नाक र मुख नछुनुस् । 

के नगर्ने ?
खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् । 

सार्वजनिक स्थानमा नथुक्नुस् । 

काँचो र आधा पाकेको मासु नखानुस् । जीवित पशुको नजिक नजानुस् ।

खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस् ।

salt training

कमेन्ट गर्नुहोस्