
दक्षिण अफ्रिकाको कगालागादी निकुञ्जमा डरभर नभएको एक लोखर्केले गोमन सर्पसँग भिडन्त गरेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।
लोखर्केले विषालु गोमनको ठुँगाइबाट बच्न कोशिश गरेको देखिन्छ ।
सफारी गाइड डेभ पुसेले कैयौं वर्षदेखि निकुञ्ज आइरहेको तर यस्तो भिडन्त कहिले पनि नदेखेको बताए । ‘हामीहरू लोखर्केको बहादुरी र तीव्रता देखेर छक्क पर्यौं । उसले विषालु सर्पलाई हावाकावा खेलाएको थियो ।’
साढे दुई मिनेटको क्लिपमा लोखर्के नडराइकन गोमन भएतिर गएको देखिन्छ ।
गोमनले जिउ तन्काएर फणा उठाउँछ र आक्रमण गर्छ तर लोखर्के स्वाट्ट फुत्किन्छ अनि कम्तीमा १५ चोटि सर्पलाई चुनौती दिन्छ ।
गोमन पछि एउटा झाडीपछाडि लुक्छ र लोखर्केले उसलाई पछ्याउँछ । त्यसपछि पनि उसले सर्पलाई सताइरहन्छ । अनि सर्प एउटा दूलोमो पस्छ र लोप हुन्छ ।