२९ जेठ २०८३, शुक्रबार

प्रम ओलीको स्वास्थ्य लाभको कामनासहित दीप प्रज्ज्वलन

फागुन २१, २०७६
प्रम ओलीको स्वास्थ्य लाभको कामनासहित दीप प्रज्ज्वलन
File Photo

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ। 

बुधबार साँझ भोजपुर सदरमुकाममा राष्ट्रिय युवा सङ्घ नेपाल भोजपुरको आयोजनामा नेकपा पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरिएको हो। 

त्यसैगरी चितवनमा पनि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज भरतपुरमा  दीप प्रज्ज्वलन गरिएको छ।

मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो। सो अवसरमा जिल्लाका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो। दीप प्रज्ज्वलन गर्दै नेकपा वाग्मती प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै अब उनको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्ने बताए। 

राष्ट्र निर्माण अभियानका नायक ओलीले अघि बढाउनुभएको समृद्धिको यात्राले सार्थकता पाउने अधिकारीले बताए। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको छ।

फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजनमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायत उपस्थिति थियो।

salt training

कमेन्ट गर्नुहोस्