३१ असार २०८३, बुधबार

सुनको मूल्य बढ्यो

फागुन २२, २०७६
सुनको मूल्य बढ्यो

नेपाली बजारमा बिहीवार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार ८० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनमा बिहीवार २ सय रुपैयाँले वृद्धि भएको हो । 

बिहीवार तेजावी सुन प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसदिन चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्