×

NMB BANK
NIC ASIA

अवैध क्रसर चलाउन नेताका घरमा रक्सी र कालिज !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काभ्रेपलाञ्चोक, ६ चैत — प्राकृतिक स्रोतकोे दिन दुगुना र रात चौगुनाका हिसाबले अनियन्त्रित दोहन हुँदा समेत सम्बन्धित निकाय मौन भएसँगै यत्तिखेर काभ्रेको सिमानामा पर्ने इन्द्रावती नदी जोखिममा परिरहेको छ । क्रसर सञ्चालकको मनपरीका कारण यत्तिखेर काभ्रेको जिरो किलो सडकखण्ड जीर्ण मात्रै बनेको छैन, सडकमा सामान्य आहोरदोहोर गर्न समेत हम्मेहम्मे हुन्छ ।

क्रसर उद्योगकै मनपरीका कारण इन्द्रावती नदी वरिपरिका खेतहरू मरुभूमिमा परिणत हुँदैछन् । खोलोमाथि निरन्तरको दोहनका कारण नदी कटान बढिरहेको छ भने किसानहरूले खेतमा सिँचाइ गर्न समेत कठिनाइ बेहोरिरहेका छन् । नदीमाथि अवैध तरिकाले स्काभेटर सञ्चालन गरिँदा सिन्धुपाल्चोक जाने इन्द्रावती पुल समेत खतरामा छ ।

स्थानीयहरूले सिँचाइको लागि बनाएको लिफ्ट बोरिङ समेत क्रसरका कारण बर्सेनि भत्किरहेको छ । सीमित क्रसर व्यवसायीको फाइदाका लागि हजारौं हजार स्थानीयहरूले सास्ती खेप्दा समेत प्रशासन भने मौन झंै देखिन्छ । क्रसर उद्योगका कारण सडक जीर्ण बनिरहेको छ भने जीर्ण सडकमा कुद्ने टिपरका कारण जिरो किलोदेखि ढाडखोला आसपासका स्थानीयहरूको घर धुलाम्मे हुने गरेको छ ।

खोलामा टिपर डुब्नेसम्मका खाडल पारिएका छन् । केही वर्षअघिसम्म सुनसरी धान फल्ने इन्द्रावती किनारका फाँटहरू यत्तिखेर पानी लगाउन नसकिने गरी अग्लिएका छन् । नदीमा मनपरी गरिँदा इन्द्रावती वरपर माछा पाउन छोडेको छ ।

यसका कारण माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी जातिलाई आर्थिक उपार्जनको समेत समस्या परिरहेको छ । खेतीयोग्य जमिनबाट क्रसरले ढुंगा लाने भएपनि स्थानीय बासिन्दाले समेत खेत भाडामा लगाउने गरेका छन् । जताततैबाट स्काभेटरले ढुंगा झिक्दा बाँकी रहेका केही खेतीयोग्य जमिनसमेत संकटमा परेको छ ।

मनपरी टिपर चलाइँदा सुत्केरी र बिरामीलाई समेत साइड नदिने गरेको स्थानीयहरू पीडा सुनाउँछन् । टिपरवालाको दादागिरीका सामु स्थानीय निरीह बनेर पीडा लुकाइरहेका छन् । बालुवाका नाममा धूलो बिक्री गर्छन् । क्रसरबाट निक्लने धूलोसमेत सिधै नदीमै फाल्छन् । यसकारण इन्द्रावतीमा सङ्लो पानी देखिन छाडेको स्थानीयहरू गुनासो गर्छन् ।

स्थानीयहरूको जीवनमाथि प्रत्यक्ष खेलवाड गर्ने गरेका इन्द्रावती स्टोन प्रालिका सञ्चालक राजभक्त प्रधान भने प्रशासनलाई सेटिङ मिलाउँदै धन्दा गरिरहेका छन् । राजनीतिक दललाई चुनावी खर्च दिएर आफ्नो कर्तुत लुकाउन उनी लागिपरेका छन् ।

“मेरा लागि सबै पार्टी समान हुन् । सबैलाई चुनावी खर्च दिनैप–यो । जो आएपनि आफूलाई चाहि नै हाल्छ,” उनी भन्छन् । ‘कहिलेकाहीँ त चुनावी खर्च दिनुभन्दा चुनाव सकिने समयसम्म विदेश गएर बसौं जस्तो लाग्छ’ ।
स्थानीयहरूको पटकपटकको गुनासोलाई बेवास्ता गर्दैै क्रसर सञ्चालन गरिरहेका प्रधान भने प्रशासनलाई मोटो रकममा सेटिङ मिलाउँदै मस्तीमा लागेका छन् ।

“हामीलाई रुवाएर ऊ भने मोजमस्ती गरिरहेको छ । प्रशासन हाम्रो लागि हैन रहेछ,” एक स्थानीयले नाम नछापिदिने शर्तमा भने । प्रधानको क्रसरले गैरकानूनी रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको मात्र छैन, कानूनविपरीत नदीमा एक्स्क्याभेटरको समेत प्रयोग गर्ने गरेको छ ।
इन्द्रावतीमा व्यवसायी र कर्मचारीको दोहोरो मिलेमतोमा बालुवा ढुङ्गा निकाल्ने गरिएको स्थानीयहरू बताउँछन् । समय–समयमा जिल्ला प्रशासनले अनुगमन गरी नदीजन्य वस्तु उत्खननमा रोक लगाएपनि सेटिङ मिल्नासाथ पुरानै रवैया देखाइने गरेको स्थानीयहरूको आरोप छ ।

अवैध काम लुकाउन नेताको घरमा कालिज र रक्सी !

सेटिङ नमिल्दा प्रधानले प्रहरीका ठूला हाकिमसँग दिदीबहिनीको सम्बन्ध बनाउँदै तिहार तथा दशैंमा टीका थाप्ने समेत गरेका छन् । प्रशासनका उच्च व्यक्तिलाई कालिज र रक्सी लिएर क्वाटर क्वाटरमा पुग्ने गरेका राजभक्त काभ्रेमा ‘बालुवा तस्करका किङ’का रूपमा समेत चिनिन्छन् । प्रधानले जिल्ला तहका नेतादेखि केन्द्रका नेताहरूसम्मलाई कालिज र रक्सीमा मोटो रकम खर्च गर्ने गरेका छन् ।

‘क्रसरहरूले नदीबाट नै अवैध रूपमा ढुङ्गा बालुवा निकालेर क्रसर सञ्चालन गर्दै आएका छन्,’ स्थानीय झलक चौलागाईंले भने ‘जसले गर्दा खोलाको सतह गहिरिनुको साथै पुल, बाटो र वरपरको खेतबारी डुबानमा पर्नसक्ने जोखिम बढाएको छ ।’

उनले थपे, ‘टिपरले बिगारेको सडकमा दैनिक गुड्ने हजाराैं टिपरले दुर्घटना बढ्नुका साथै धूँवाधूलोले आवतजावत गर्न समेत स्थानीयहरूलाई कठिन हुने गरेको छ ।’

जिल्ला अनुगमन तथा समन्वय समितिमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी प्रमुख जिल्लामा प्राविधिक, जल तथा प्राकृतिक प्रकोप नियन्त्रण डिभिजन कार्यालय सिँचाइ र वन कार्यालयको संयुक्त टोलीले गत साउनमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणले सञ्चालित क्रसरहरू अवैध भनी प्रतिवेदन समेत तयार गरी विभागमा पेश गरेपनि कुनै कारवाही हुनसकेको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी सकुल थापा भने प्रशासनले आदेश दिए तत्काल गैरकानूनी क्रसरलाई कारवाही गर्ने बताउँछन् । ‘गैरकानूनी हो भन्ने आँखाले देखिन्छ तर कारवाही गर्ने अधिकार छैन,’ उनले थपे, ‘प्रशासन र जिविसको मातहतमा रहने भएकाले हाम्रो भूमिका समन्वयकारी मात्र हुन्छ ।’

जिल्लाका जिविस कर्मचारीले समेत राजस्वमा वृद्धि हुने भन्दै व्यवसायीको दादागीरीलाई ढाकछोप र बचाउ गर्ने गरेको जिविसकै एक कनिष्ठ कर्मचारीले बताए । ‘जिविसका कर्मचारी र प्राविधिकलाई वार्षिक रूपमा लाखौ रुपैयाँ व्यवसायीले दिने गरेका छन्,’ उनले भने, ‘कागजमा कानूनी प्रक्रिया मिलाएर जिविस र प्रशासनका कर्मचारीले मोटो रकम लिने गरेका छन् ।’

क्रसरका कारण पुल भासिने खतरामा

इन्द्रावती नदीका किनारामा सञ्चालित काभ्रेको देउपुर गाविस ८ मा रहेको मेलम्ची एण्ड स्टोन्स प्रालिले नदीमा ह्युमपाइप राख्ने, डस्ट खोलामा मिसाई धमिल्याउने र नदीको बहाव परिवर्तन गर्ने गरेको छ ।
क्रसरहरूले नियमविपरीत पुलको पाँच सय मिटर वरपर नदीमा एक्स्क्याभेटरको प्रयोग गरेर बालुवा निकालेसँगै सरकारले केही समयअघि काभ्रे सिन्धु जोड्न पाँच करोडको लागतमा बनाइएको पुल समेत अहिले भासिने खतरामा पुगेको छ । पुलले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका नौवटा गाविस जोड्छ ।

मेलम्ची खानेपानीको प्रयोजनका लागि निर्माण गरेको जिरोकिलो–मेलम्ची सडकखण्डमा दैनिक गुड्ने अनि ओभरलोड बोक्ने सयौं टिपरले राजमार्ग जीर्ण पारेका छन् । आयोजनाले करोडौंको लागतमा निर्माण गरेको सडक क्षमताभन्दा बढी मालसामान बोक्ने टिपरले जीर्ण पारेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडी भन्छन्, ‘टिपरले बाटोमा पानी चुहाउँदै हिँडेसँगै पिच पूर्ण रूपमा उक्किसक्यो । जिरोकिलोदेखि मेलम्चीसम्मको २३ किलोमिटर सडकमध्ये १५ किलोमिटर पूर्ण रूपमा जीर्ण भएको छ ।’
क्षमताभन्दा बढी सामान बोक्ने र बाटो जीर्ण भएकै कारण दैनिक हजारौं यात्रु धूलोधूँवाको समस्यामा पर्ने गरेको स्थानीय महादेवस्थान गाविसका होम चौलागार्इं बताउँछन् । केही वर्षअघि मात्र गरिएको कालोपत्रे सडक ओभरलोडेड टिपरका कारण कहीँ देख्न पाइँदैन ।

‘क्रसर र तिनको ज्यादतीबारे पटक–पटक विभिन्न सञ्चारमाध्ययममा रिपोर्ट आइरहेपनि प्रशासनले कुनै कारवाही गरेको छैन,’ उनले लोकान्तरसँग भने, ‘सिन्धु काभ्रे जोेड्ने पुल समेत जोखिममा परेको समाचार प्रसारणमा आएपनि दुवै जिल्लाका प्रशासन भने मौन बस्दै आएका छन् ।’

विभिन्न समयमा क्रसरलाई कारवाही गर्ने बहानामा अनुगमन भएपनि हालसम्म कुनै प्रशासनिक कारवाही भने हुनसकेको छैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x