२५ जेठ २०८३, सोमबार

यसपालिको होलीमा एनआईसी एशिया बैंकको शतप्रतिशत नगद फिर्ता अफर

फागुन २२, २०७६
यसपालिको होलीमा एनआईसी एशिया बैंकको शतप्रतिशत नगद फिर्ता अफर

एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ ।

योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सञ्चालन गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महशुल भुक्तानी, हवाई टिकट, होटल तथा रेस्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरूको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउँदै आएका छन् ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक १५ हजार ४०० रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइरहेका छन् । डिजिटल फस्र्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भइसकेको बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ । 

मोबाइल बैंकिङ र डेबिट/ क्रेडिट कार्ड प्रयोगमा अफरै–अफर

प्रत्येक शुक्रवार बेलुकी ८ बजेदेखि शनिवार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट, प्रत्येक बुधवार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधवार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ । 

बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही रू. ५००/ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आउनुभएको छ । यस बैंकले संचालन गरेका ‘भाट भटेनी क्यास ब्याक अफर,’ ‘भ्यालेन्टाइन डे अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहक महानुभावहरूको उत्साहजनक सहभागीता रहेको थियो । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्