२४ जेठ २०८३, आइतबार

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोराना संक्रमित फेला

फागुन २२, २०७६
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोराना संक्रमित फेला
तस्बिर : पीटीआईबाट।

भारतमा ३० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

भारतको उत्तर प्रदेशको गाजियावादमा थप एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएसँगै संक्रमितको संख्या ३० पुगेको छ।

गाजियाबादका ती व्यक्तिलाई दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति इरानबाट स्वेदश (भारत) फर्किएका थिए।
 स्मरण रहोस् भारतको उत्तर प्रदेश नेपालसँग सीमा जोडिएको प्रदेश हो। नेपालका तत्कालीन सुदूर र मध्यपश्चिमका दक्षिणी क्षेत्रका केही जिल्ला उत्तर प्रदेशसँग जोडिएका छन्।  

भारतका स्वास्थ्यमन्त्री डा हर्षबर्धनले मार्च ४ देखि संक्रमित देखिएको बताएका छन्। 

राज्यसभामा बोल्दै उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्यांकन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिएका छन्।

भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी गराएका थिए।

कोरोनाका कारण बिहीबारसम्म विश्वभर ३ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्