१५ असार २०८३, सोमबार

नाजी शिविरमा राखिएका मान्छेको छालाबाट बनाइएको फोटो एल्बमको कभर फेला पर्‍यो

फागुन २३, २०७६
नाजी शिविरमा राखिएका मान्छेको छालाबाट बनाइएको फोटो एल्बमको कभर फेला पर्‍यो

दोस्रो विश्वयुद्धताका नाजीहरूले चलाएको मृत्यु शिविरमा मानिसको छालाबाट बनाइएको फोटो एल्बम पोल्यान्डमा फेला परेको छ । 

थोत्रो भइसकेको उक्त एल्बम अस्विच मेमोरियल म्युजियमका कर्मचारीलाई दिइएको थियो । उक्त एल्बम किन्नेले एल्बमको खोलमा ट्याटू, मानव कपाल र खराब गन्ध याद गरेका थिए । 

म्युजियमका विज्ञहरूले एल्बमको खोलको विश्लेषण गरेका छन् र यो छाला शिविरमा मारिएका कुनै यहुदीको हुन सक्ने बताएका छन् । उक्त शिविर जर्मनीको बुकेनवाल्डमा थियो । 

यो मानवताविरुद्धको अपराधको अकाट्य प्रमाण भएको उनीहरूले थपे । 

हिटलरले सन् १९३७ मा सञ्चालनमा ल्याएको बुकेनवाल्ड शिविर मृत्युदण्ड, परीक्षण, पशुलाई राखेको जस्तो स्थिति र क्रूर गार्डहरूका लागि कुख्यात थियो । 

नाजी चिकित्सक एरिक वाग्नरले पीएचडीको थेसिसका लागि मानव छाला संकलन गरेका थिए । 

वाग्नरले जम्मा पारेका १०० वटा जति छालाले उपहार दिने कुरा बनाइएका थिए । 

विश्वयुद्ध सकिएपछि अमेरिकी सैनिकहरूले वाग्नरलाई पक्राउ गरेका थिए । पछि उनी भागे अनि जर्मनीमै लुकेर छद्म नाममा चिकित्सा गरिरहे । पछि सन् १९५८ मा उनी फेरि पक्राउ परे । 

त्यसको एक वर्षपछि उनले आत्महत्या गरे ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्