२९ जेठ २०८३, शुक्रबार

पश्चिमी वायुको प्रभावले देशभर वर्षा

फागुन २४, २०७६
पश्चिमी वायुको प्रभावले देशभर वर्षा

पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । 

प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ”, उनले भनिन्।

वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने बताइएको छ ।   यस प्रणालीको प्रभाव आज बेलुकासम्म मात्र कायम रहने र भोलिबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ । 

    उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।  

 मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्