
डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
यस वर्ष डडेल्धुरामा छैटौं पटक हिमपात भएको छ । बिहीवारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
हिमपातका कारण बिहीवार बिहानैदेखि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराको जनजीवन प्रभावित बनेको हो ।
शनिवार बिहानदेखि डडेल्धुराको साहु खर्क, हगुल्टे र मेलखर्क बैतडीको खोड्पे, डोटीको खप्तड, बझाङको श्रीभाबरमा शनिवार बिहानैदेखि निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् ।