साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीन जना वरिष्ठ सदस्य पक्राउ परेका छन्।
अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले उल्लेख गरेअनुसार पक्राउ परेका तीन मध्ये दुई पुरुष सदस्य देशका प्रभावशाली व्यक्तित्व हुन्।
पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको । सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए।
सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले देशका शासन गर्दै आउन भएको पाइन्छ। गिरफ्तार गरिएका तीनजना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ छन्।
मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए। शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले जनाएको छ।
असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तराष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।
पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ। विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्वपूर्ण वार्षिक हज होला कि नहोला भन्ने पनि प्रश्न उठेको छ। गत बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र शहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो।