
यो पनि भन्ने गरिन्छ, उमेर एउटा नम्बर मात्र हो, त्यो बाहेक केही होइन।
यसको चरितार्थ पूरा गरेका छन्, इन्डोनेशियाका १ सय ३ वर्षीय वृद्ध पुआन्ग कट्टेले उनले करबि ७६ वर्ष सानी अर्थात २७ वर्षीया महिलासँग विवाह गरेका छन्।
मीडिया रिपोर्ट अनुसार पुआन्ग एक डच कर्नल हुन्। उनले १९४५/१९४९ को लडाइँमा भाग लिएका थिए।
दलहीका एक आफन्तले भनेका छन् दुलहाको उमेर यति धेरै होला भनेर थाहा थिएन।
विवाहपछि जब दुलहा र दुलहीको सही उमेरको खुलासा भयो, त्यसपछि सबै हैरान भए।
ती युवती कुनै बेला प्रेममा थिइन्। तर, जब उनीहरुको प्रेमसम्बन्ध अन्त्य भयो। तब ती वृद्धासँग भेट भयो।र, उनीहरुबीचको प्रेम अगाडि बढ्यो।
तपाईँहरुलाई लाग्न सक्छ १०३ वर्षीय वृद्धले किन विवाह गरे ? तर उनीहरुबीचको प्रेमसम्बन्धका बेला ती महिला गर्भवती भएपछि विवाह भएको हो।