
बाबरी मस्जिद भत्काएको विषयमा भारतीय उच्च अदालतले बुधबार १३ जनामाधि आपराधिक योजनाको मुद्दा चलाउन आदेश दिएको छ । लखनउको विशेष सीबीआई न्यायाधीश श्रीकान्त शुक्लको आदेशमा चार मे २००१ मा यीनीहरुमाथि आपराधिक योजनाको आरोप हटाएको छ ।
आपराधिक योजनाकारको आरोप लागेका मध्ये केहीको मृत्यु भइसकेको छ भने केहीका विरुद्ध मुद्दा चल्ने भएको छ ।
भारतीय जनता पार्टीका संस्थापक मध्येका एक लालकृष्ण आडवाणीले ९१९१ मा गुजरातको सोमनाथ मन्दिरबाट एक रथयात्रा निकालेका थिए । यसपछि बाबरी मस्जिदको विषयमा आन्दोलन चर्काएका थिए । अटल बिहारी बाजपेयी को नेतृत्वमा बनेको सरकारमा लालकृष्ण आडवाणी गृहमन्त्री भएका थिए ।
उनीसँगै भारतीय जनता पार्टीका १३ नेता विरुद्ध मुद्दा चल्ने भएको छ ।
जोशी भारती, कल्याण सिंह विनय कटियार साध्वी ऋतंभरा, सतीश प्रधान, चम्पत राय बंशल, विष्णुहरि डालमिया, सतीश प्रधान, आरवी वदांती, जगदीश मुनी महाराज, विएल शर्मा, नित्य गोपाल दास, धर्म दासको नाम छ ।
यसका साथै बाल ठाकरे, गिरिराज किशोर अशोक सिंघल, महंत अवैद्यनाथ, परमहंस राम चन्द्र र मोरश्वर सावेको पनि नाम रहेको छ । यिनीहरु सबैको निधन भइसकेको छ ।
सन् १९९२ का डिसेम्बरमा मस्जित भत्काउन भूमिका खेलेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।