१७ असार २०८३, बुधबार

चीनमा होटल भत्किँदा मर्नेको संख्या १० पुग्यो

फागुन २५, २०७६
चीनमा होटल भत्किँदा मर्नेको संख्या १० पुग्यो

चीनको फुजियान प्रान्तमा शनिवार राति होटल भत्केपछि मर्नेको संख्या १० पुगेको छ । 

भग्नावशेषबाट ४८ जनालाई निकालिएको छ भने २३ जना अझै च्यापिएका छन् । 

उक्त होटल कोरोनाभाइरस लागेकहरूलाई क्वारेन्टाइनमा राख्न उपयोग गरिएको थियो । 

क्वान्चो शहरमा रहेको सिनजिया होटेल बेलुका सबा ७ बजेतिर भत्केको थियो । 

प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार भवन भत्किँदा त्यहाँ साजसज्जा चलिरहेको थियो । भवन मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्