३१ जेठ २०८३, आइतबार

टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले घेरे नगरपालिका

फागुन २५, २०७६
टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले घेरे नगरपालिका

शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आज कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् ।

म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् ।

स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्