२४ जेठ २०८३, आइतबार

नेपालका महिला प्रधानमन्त्री बन्न सक्षम छन् : मन्त्री अर्याल

फागुन २५, २०७६
नेपालका महिला प्रधानमन्त्री बन्न सक्षम छन् : मन्त्री अर्याल

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले नेपालका महिला प्रधानमन्त्री बन्न योग्य र सक्षम रहेको बताएकी छन्।

११०औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले प्राप्त अधिकारको रक्षा गर्दै र अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको औँल्याइन्।

‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन्। त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ,’ उनले भनिन्, ‘बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको छ।’

उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन्। ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ,’ उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्