०७ असार २०८३, आइतबार

सामसङका ग्यालेक्सी ८ र ८ एस नेपालमा आयो, मूल्य कति ?

कात्तिक २०, २०७४
सामसङका ग्यालेक्सी ८ र ८ एस नेपालमा आयो, मूल्य कति ?
काठमाडौं - सामसङको स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा लञ्च गरिएको छ । सामसङ इन्डियाले आज राजधानी काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रमका बीचमा सो फोन लञ्च भएको हो । अहिले लञ्च भएपनि यो फोन नेपाली बजारमा २२ वैशाख पछि पाइने छ । तर बुक चाहिँ अहिलेदेखिनै गर्न पाइने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यी स्मार्टफोन खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना निरन्तर ८ जिबी डेटा फ्री दिने छ ।
६ महिनाको लागि उक्त फोनको विमा समेत गर्ने व्यवस्था मिलाइएको छ ।
अरु देशहरुमा अघिनै लञ्च भएको उक्त फोन नेपालमा बल्ल अहिले आएर लञ्च भएको हो । एस ७ मा भन्दा यी फोनहरुमा राम्रा फिचर्स रहेको सामसङले जनाएको छ ।

एप्पलका आइफोन ७ र ७ प्लसँग यो फोनले प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा गरिएको छ । ८ मा ५ दशमलव ६ इन्चको स्क्रिनमा रहेको छ भने अर्कोमा चाहिँ ६ दशमलव दई इन्चको डिस्प्ले रहेको छ ।
यी फोनमा पानी र धुलो छिर्दैन । तीन हजार एमएएच र ३५ सय एमएएच क्षमताको ब्याट्री यी फोनमा प्रयोग गरिएको छ ।

एन्ड्रोइड ७ को नोगाट भर्सन यी फोनमा इन्स्टलेसन गरिएको छ । १२ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन् । दुवै फोनमा चार जिबी र्याम रहेको छ ।

कमेन्ट गर्नुहोस्