काठमाडौं, ६ चैत्र – चलचित्र निर्देशक दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले अर्को फिल्म निर्माणको योजना बनाएका छन् ।
चाँडै नै औपचारिक कार्यक्रमको आयोजना गरेर निर्माण गर्न लागिएको चलचित्रको शीर्षक भने अझै जुरेको छैन । आफ्नो कन्सेप्ट स्क्रिप्ट लेखन भइरहेको निर्देशक दिपेन्द्र के खनालले जानकारी दिए ।

आफूले ठूलो बजेटमा चलेका कलाकार लिएर फिल्म निर्माण गर्न लागेको निर्मात्री पाण्डेले बताएकी छिन् ।
चलचित्र सुरज सिने आर्टसको ब्यानरमा निर्माण हुन लागेको हो ।