काठमाडौं, ६ चैत्र– भारतको हिमाञ्चल प्रदेशको सिमलामा भएको बस दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा १० महिला, ३ बच्चा र ३१ पुरुष रहेका छन् ।
उत्तराखण्डबाट सिमलाको छोप्लामा अनियन्त्रित भएर युके १६ पा, ००४५ नम्बरको उक्त बस दुई सय ५० मिटर तल तोन्स नदिमा बस खसेको थियो । तोन्स नदि यमुना नदीको सहायक नदी भएर बग्ने गर्छ ।
घटनास्थलबाट ४० जनाको सनाखत भइसकेको छ भने दुई जनाको शव नदीमा बगेको सिमला प्रहरीले बताएका छन् । बसमा ४६ यात्रु सवार थिए ।
एजेन्सी