
अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल आफूले नचलाएर सातजना महिलालाई चलाउन दिए । ती महिलाले मोदीको ट्विटर ह्यान्डलबाट आफ्नो कथाव्यथा शेयर गरे ।
शुरूमा चेन्नईकी सामाजिक कार्यकर्ता स्नेहा मोहनदासले उक्त अकाउन्ट चलाइन् । उनको ट्वीटमा रिप्लाई गर्दै ध्रुव सिंह नामक व्यक्तिले मोदीको अकाउन्टको पासवर्ड मागे ।
स्नेहाले त्यसलाई देखेर रमाइलो जवाफ फर्काइन्, ‘न्यु इन्डिया...ल, अब लगइन गरिहेर्नुस् ।’
New India...try logging in :)
— Narendra Modi (@narendramodi) March 8, 2020
@snehamohandoss https://t.co/ydnMKzsY0W
प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट यस्तो रमाइलो ट्वीट आएपछि ट्वीटेहरूलाई खुराक पुगिहाल्यो । उनीहरूले स्नेहालाई रमाइलो जवाफ फर्काएकोमा विभिन्न टिप्पणी गरे ।