
स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिको बैठकमा सहभागी हुँदै कांग्रेसका बरिष्ठ नेताहरु । नेता महेश आचार्यको नेतृत्वमा बनेको घोषणा पत्र निर्माण उप समितिले आयोजना गरेको बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेताहरु विद्यार्थी जस्तै चनाखो बनेर उप समितिको भाषण सुनिरहेका थिए ।