३१ असार २०८३, बुधबार

पाकिस्तानमा सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु

फागुन २६, २०७६
पाकिस्तानमा सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु

पाकिस्तानको उत्तरी भागा एक यात्रुवाहक बस पहाडको बाटोबाट गहिरो खोंचमा सोमवार खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ६ अन्य घाइते भएका छन् ।

बस रावलपिण्डीबाट स्कार्दु जाँदै गर्दा गिल्गिट नजिक रुओन्दूमा एक खोंचमा खसेको गिल्गिट बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्लाह फिराकले बताए । 

बसमा २५ यात्रु रहेको उनले जानकारी दिए । दुर्घटनाको कारण पत्ता नलागेको उनको भनाइ छ । 

प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर घाइते र मृतकलाई अस्पताल लगिरहेका छन् । 

पाकिस्तानमा सडक दुर्घटना भइरहने गर्छ । खराब सडक र लापरवाहीपूर्ण हँकाइले दुर्घटना निम्तिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्