
सन् २००७ मा बनेको 'तारे जमिन पर' फिल्ममा खेलेका बालकलाकार दर्शील सफारीलाई नचिन्ने शायदै कोही होला । त्यतिबेला १० वर्षका सफारी अहिले २३ वर्षका लक्का जवान भएका छन् ।
तारे जमिन पर नामको फिल्ममा सफारीले एक बच्चाको चरित्र खेलेका थिए, जो डिसलेक्सिया रोगबाट ग्रसित थियो । ९ मार्च अर्थात आज उनले २३ औं वर्षदिन मनाएका छन् ।
त्यतिबेला १०० भन्दा बढी बच्चाहरूको अडिसन लिइएको थियो । २००६ मै फिल्मको स्क्रिप्ट तयार भएको थियो । त्यसमा खेल्नका लागि उपयुक्त पात्र खोज्दा खोज्दै एक वर्ष लागेको थियो ।
१३ वर्षअघि बालकलाकारका रूपमा फिल्म खेलेका दर्शील अहिले मुख्य अभिनेताका रूपमा चलचित्र खेल्न तयार छन् । सामाजिक सञ्जालमा सक्रिय दर्शील आजकल काफी स्मार्ट बनेका छन् ।
तारे जमिन पर फिल्म खेलेको ३ वर्षपछि दर्शीलले बमबम भोले खेलेका थिए । जसमा उनको पर्फर्मेन्सको तारिफ भएको थियो । त्यसपछि उनी सानो पर्दाका रियालिटी शोमा देखिए ।