१५ असार २०८३, सोमबार

सोनू निगमले कपाल खौरिए, १० लाख पाए ?

कात्तिक २०, २०७४
सोनू निगमले कपाल खौरिए, १० लाख पाए ?
मस्जिदमा ठूलो आवाजमा स्पिकर बजाएको विषमा ट्वीट सार्वजनिक गरेसँगै विवादमा आएका सोनू नीगमले बुधबार कपाल मुण्डन गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले केश मुण्डन गरेका हुन् ।

पश्चिम बंगालका मुस्लिम धर्मगुरु सैयद शा कादिरीले सोनू निगमको कपाल खौरनेलार्इ १० लाख दिने घोषणा गरेका थिए ।

सोनू निगमले आफ्नो मनासाय कसैको भावनामा ठेग पु-याउने खालको नभएको बताएका थिए ।

मंगलबार उनले आफ्नो सिर एक मुसलमानबाट खौराउने बताउँदै त्यसका लागि १० लाख तयार राख्न मौलानलाई चुनौती दिएका थिए ।

पत्रकार सम्मेलनमा सोनू निगमले भने, ‘म धर्मनिरपेक्षवादी हुँ, र मेरो उदेश्य पैगम्बर माहम्दको आलोचना गुर्न थिएन, म न हिन्दूवादी हुँ र न म मुस्लिम विरोधी...’

उनले भने ‘मैले मोहम्मद लेखेको थिए, केही मानिसहरु भन्दछन् मोहम्द साहब किन हुन्न । यो अंग्रेजी भाषको समस्या हो । अंग्रेजीमा मोहम्मद साहब हुन्न ।’

उनले भने,‘जसरी कुनै मुसलमानको भाषामा श्रीकृष्ण आउँदैन त्यसैगरी मेरो भाषमा मुहम्मद साहब आउँदैन, मुहम्मद मात्र आउँछ ।’

उनले मानिसहरुले सानो विषयलाई ठूलो बनाएर आडम्बर प्रस्तुत गरेको बताए । उनले मानिसहरु ठूला विषय र कुराहरु जान्न नचाहेको बताए ।

निगमले भने उनी गलत समयमा कसैले धार्मिक आयोजनामा लाउडस्पिकर प्रयोग गर्नु उपयुक्त मान्न सक्दैनन र आफू सही विचार राख्ने स्वतन्त्रतामा विश्वास राख्ने बताए ।

उनका अनुसार उनको ट्वीट मन्दिर तथा गुरुद्धाराप्रति पनि लक्षित भएपनि मानिसहरुले त्यसलाई छोडिदिएको अारोप लगाए । 
 
पत्रकार सम्मेलनमा अलिमपनि उपस्थित थिए जसले उनको कपाल मुण्डन गरेका थिए । यसअघि उनले आफूले कपाल खौरने भन्दै मुस्लिम धर्म गुरु (मौलाना) लाई १० लाख ठिक पारेर राख्न चुनौती दिएका थिए । यस विषयमा मौलानाको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्