०४ असार २०८३, बिहीबार

सुइयामा ‘हेल्थ डेस्क’ स्थापना

फागुन २७, २०७६
सुइयामा ‘हेल्थ डेस्क’ स्थापना

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम  हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष ( हेल्थ डेस्क ) सञ्चालनमा आएको छ । 

 नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको सो कक्षमा  भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो । आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उनले बताए ।

सो कार्यालयले भारतसँगको अन्य  सीमावर्ती नाकामा  समेत सो सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ । 

भारतसँगको मुख्यनाका जमुनाहामा एक महिनाअघिदेखि नै सो कक्ष स्थापना गरी जाँच हुँदै आएको छ ।  नेपालगञ्ज विमानस्थलमा गत हप्तादेखि जाँच कक्ष शुरू गरिएको थियो । नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशङ्कामा आउने बिरामीलाई उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार  अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै  आइसोलेसन वार्डको व्यवस्था गरी पाँच श्यया मिलाइएको छ । अस्पतालमा अहिलेसम्म कोरोनाकै आशङ्कामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन् ।

सो भाइरसको जोखिमको हल्लासँगै नेपालगञ्जमा लाग्दै आएको होली बजारमा प्रभाव परेको छ । होली बजारमात्रै नभई अन्य बजारमा समेत अत्यावश्यकबाहेक अन्य खरिद बिक्री कम भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताउनुभयो । नेपालगञ्जमा हरेक वर्ष होलीलाई लक्षित गरी गरिने कार्यक्रम पनि स्थगित भएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्