०३ साउन २०८३, आइतबार

पाँच तल्लामाथि खतरनाक तरिकाले झुण्डिइन् बालिका (भिडियो)

फागुन २७, २०७६
पाँच तल्लामाथि खतरनाक तरिकाले झुण्डिइन् बालिका (भिडियो)

चीनको दक्षिणमा रहेको ग्वाङ्शी प्रान्तको नान्निङ शहरमा दुई वर्षकी एक बालिका पाँचौं तल्लाका झ्यालबाहिरको रेलिङमा झुण्डिएको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

ती बालिकाका पिता काममा व्यस्त रहेको र आमा औषधि किन्न गएको बेलामा घटना भएको बताइएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, बालिका सुतेर उठ्दा कसैलाई देखिनन् र आमालाई खोज्दै झ्याल बाहिर निस्किन् । घटना आइतवार भएको हो । 

उनी रेलिङबाट खसेपछि छिमेकीहरूले देखेका थिए । उनको टाउको बाल्कोनीको रेलिङमा अड्किएको थियो । 

भिडियोमा बालिकाले आफूलाई मुक्त गर्न प्रयास गरेको र गोडा फालेको देखिन्छ । उनी त्यति उचाइँबाट खस्ने सम्भावनाले हेर्ने मानिसको मुटु कपाउँछ । 

छिमेकीहरूले गुहार गुहार भनेको पनि सुनिन्छ । एकजना स्थानीय बालिकाको परिवारलाई बोलाएको तर कसैले पनि नसुनेको बताए । 

उनी र अर्का छिमेकीले अगाडिको ढोका लात हानेर भत्काएका थिए । 

उनीहरू बालिका नजिक पुग्दा उनको टाउको रेलिङमा अड्किएको थियो र उनी खस्नै लागेकी थिइन् । पछि अर्को एकजना आएर उनलाई हातमा उठाएर लग्यो । 

बालिकाको उद्धार गर्न १० मिनेट जति लागेको प्रत्यक्षदर्शीहरूले बताए । छोरीको उद्धार भइसक्दा आमा औषधि पसलबाट फर्केकी थिइन् । 

उनले घटनाका कारण भएको तनावका लागि छिमेकीहरूसँग माफी मागिन् र छोरीको जीवन बचाएकोमा धन्यवाद पनि दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्