
बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिँदा साइकल यात्री महिलाको मृत्यु भएको छ ।
कोहरलपुर नगरपालिका ९ स्थित झण्डाहावा चोकमा रा १ ख २१८८ नम्वरको ट्रिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेकी सोही ठाउँकी रामपती थारुको मृत्यु भएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डीएसपी कुलदिप चन्दले लोकान्तरलाई बताए ।
ट्रिपर र चालक रामविडारी थारुलाई पक्राउ परेको डीएसपी चन्दले बताए ।
घटनापछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् भने टायर बालेर सडक अवरूद्ध पारेका छन् ।
प्रहरीका अनुसार घटनास्थलमा अहिले स्थिती तनावग्रस्त रहेको छ ।