१० असार २०८३, बुधबार

पूर्वपञ्चको पार्टी राप्रपाका २ घटकबीच एकता घोषणा, वैकल्पिक धार स्थापना भएको कमल थापाको दाबी

फागुन २८, २०७६
पूर्वपञ्चको पार्टी राप्रपाका २ घटकबीच एकता घोषणा, वैकल्पिक धार स्थापना भएको कमल थापाको दाबी
फाइल फोटो

पूर्वपञ्चको पार्टी राप्रपाका २ धारबीच बुधवार एकीकरण घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राप्रपा एकताले नेपालमा वैकल्पिक धारको उदय भएको दाबी गरे । 

‘कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको मिलन मात्र होइन, नेपालको राजनीतिमा बलियो र तेस्रो वैकल्पिक राजनीतिक धारको स्थापना भएको छ,’ थापाले भने, ‘कांग्रेस र कम्युनिस्टबाट वाक्क भएका जनताले भोट हाल्ने ठाउँ पाएका छन् ।’

अध्यक्ष थापाले आफूहरू राजनीतिक परिवर्तनकाविरोधी नभएको जिकिर गरे । 

‘हामी सनातन हिन्दूधर्म सहितको राजतन्त्र स्थापनाको पक्षमा छौं, राजादेखि लिएर विप्लवसम्म अट्ने विश्वकै मौलिक लोकतन्त्रको  पक्षमा छौं,’ उनले भने ।  
 

salt training

कमेन्ट गर्नुहोस्