भारतको मध्य प्रदेशका कांग्रेसी नेता ज्योतिरादित्य सिन्धियाले कांग्रेस पार्टी छोडेर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
बुधवार उनले भाजपा केन्द्रीय कार्यालयमा पार्टीको प्राथमिक सदस्यता लिए ।
भाजपा अध्यक्ष जेपी नड्डाको उपस्थितिमा पार्टी सदस्यता ग्रहण गरेपछि उनले कांग्रेस पार्टीको आलोचना गरे । कांग्रेस अब बदलिइसकेको र उसले जनसेवा गर्न नसक्ने सिन्धियाको भनाइ छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनले मोदीको हातमा देशको भविष्य सुरक्षित रहेको बताए ।
मध्य प्रदेशमा किसान तथा युवा त्रस्त रहेको र भ्रष्टाचार बढिरहेको भन्दै उनले कमलनाथ सरकारको कडा आलोचना गरे ।