०४ साउन २०८३, सोमबार

सार्कले नयाँ गति प्राप्त गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको विश्वास

फागुन २८, २०७६
सार्कले नयाँ गति प्राप्त गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको विश्वास

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सार्कका नयाँ महासचिव इसाला रुवान विराकुनसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। 

सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै उनले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी दिए।

सार्क क्षेत्रका साझा चुनौतीबाट पार पाउन र यस भेगको आर्थिक विकासका अथाह सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्नु अपरिहार्य भएको विचार व्यक्त गरे। 

सार्कको १४औँ महासचिवका रुपमा यही फागुन १८ गतेदेखि उनले कार्यभार सम्हालेका थिए।

salt training

कमेन्ट गर्नुहोस्