राजविराज, ६ वैशाख - सप्तरीको साविक नेङ्गाडा गाविस–६ हाल बोदेवर्साइन नगरपालिका बैरियामा आगलागी हुँदा रु आठ लाख मूल्यबराबरको क्षति भएको छ ।
स्थानीय सोभित चौधरीको घरमा मंगलबार राति खाना पकाउने क्रममा चुलोबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एउटा घर र फुसको छानो भएका दुईवटा घर गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद रु एक लाख गरी करिब रु आठ लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।