०६ असार २०८३, शनिबार

एकैदिन ८ सयले घट्यो सुनको मूल्य

फागुन २९, २०७६
एकैदिन ८ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा निरन्तर बढ्दै गएको सुनको मूल्य घट्न थालेको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवारको तुलनामा बिहीवार सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको छ । बुधवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीवार तेजावी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

महासंघका अनुसार बिहीवार चाँदी प्रतितोला २० रुपैयाँ घटेर ८ सय ६० रुपैयाँमा कायम भएको छ । बुधवार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्