०१ असार २०८३, सोमबार

पब्जीको लत लागेपछि युवकलाई हातगोडा बाँधेर लगियो अस्पताल

फागुन २९, २०७६
पब्जीको लत लागेपछि युवकलाई हातगोडा बाँधेर लगियो अस्पताल

डिजिटल गेम पब्जीको नशा एक युवकलाई अति धेरै चढेपछि हातखुट्टा डोरीले बाँधेर अस्पताल पुर्‍याउनुपरेको छ । 

भारतको बिहारस्थित बक्सरमा बस्ने युवकलाई पब्जीको नशा चढेको हो । उनका पिताले आफ्नो छोरो पब्जी खेलेरै मानसिक रोगी बनेको बताए ।

युवकको नाम मोनु हो । पब्जीको नशा चढेपछि उसलाई परिवारका मानिसले काम गर् भन्दा टेर्दैनथियो र कुटपिट गर्न खोज्थ्यो । 

उसका हर्कतबाट हैरान भएर परिवारले उसको हातखुट्टा बाँधेर मानसिक अस्पताल लगे । त्यहाँ अहिले उसको उपचार चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्