१२ असार २०८३, शुक्रबार

अनमोल केसीका साथ ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ सार्वजनिक

फागुन २९, २०७६
अनमोल केसीका साथ ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ सार्वजनिक

स्प्राईटले समर क्याम्पेन ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’को टीभीसी सार्वजनिक गरेको छ ।

गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्तालाई शीतल राखेर घामको तापमा पनि स्पष्टसँग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।

नयाँ टीभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । ‘यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ, जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरूको सामना गर्छौं, जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँछ,’ कम्पनीले भनेको छ ।

टीभीसीको शुरूआतमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ । पहिले नैै बस एकदम भीड थियो, त्यसमाथि गर्मी पनि थियो तर त्यो मानिसको असभ्य व्यवहारले अझ बढी असहनीय बनाइरहेको हुन्छ ।

उसले बसको सहचालकसहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमबारे गुनासो गरिरहेका हुन्छन् । जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राईटले शान्त बनाए ।

त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राईटको बोतल देखाउँदै ‘हाम्रो एसी’ भनेर उद्घृत गरे । असभ्य मान्छे आश्चयचकित भयो र अनुहारमा असजिलोपन महसूस गर्दै बस्यो ।

टीभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, ‘हामी सबैले चुनौतीपूर्ण व्यक्तिहरू भेटेका हुन्छौं, जसले कहिलेकाहीँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राईट जहिले पनि एक रिफ्रेसिङ पेय पदार्थको रुपमा परिचित छ, जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थितिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफूलाई शान्त राख्नुहोस् ।’

salt training

कमेन्ट गर्नुहोस्