
बंगलादेशको खुलना विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरस लागेको आशंकामा सोमवार खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएकोमा कोरोना संक्रमण नभएको चिकित्सकले बताएका छन् ।
ती नेपाली विद्यार्थीलाई ज्वरो र खोकी लागेपछि अस्पतालको आइसोलेसन युनिटमा राखिएको थियो । उनलाई अस्पतालबाट छुट्टी दिइएको तर कोठैमा बस्न भनिएको उक्त अस्पतालका निर्देशक डाक्टर मंजुर मोर्शेदले बताए ।
ती विद्यार्थी खुलना विश्वविद्यालयको एग्रिकल्चरल इन्जिनीयरिङ यान्ड टेक्नोलोजीमा अध्ययनरत छन् ।
उनी काँकडभिट्टा सीमाबाट दिनाजपुर हुँदै शुक्रवार बंगलादेश प्रवेश गरेका थिए ।